Skip This
स्वदेशी उत्पादनका कपडा प्रयोग गरौँ : मुख्यमन्त्री 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
२o८२ श्रावण २२ बिहीबार o९:४८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्वदेशी उत्पादनका कपडा प्रयोग गरौँ : मुख्यमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार o९:४८:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीको प्रवर्द्धनबाटै रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । लमही नगरपालिका– ३ फल्कापुरमा नेपाल महिला हस्तकला कपडा उद्योगको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाहिरबाट आयातीत कपडाको सट्टा स्वदेशमै उत्पादन भएका कपडाहरूको प्रयोग गर्न सबैमा आह्वान गरेका हुन् ।

‘हामीले प्रयोग गर्ने अधिकांश कपडा स्वदेशमा बनेका होइनन् । म सबैलाई स्वदेशमा वा हाम्रै प्रदेशमा उत्पादन भएका सामग्री प्रयोग गर्न अनुरोध गर्न चाहन्छु,’ उनले भने, ‘बाहिरबाट आएका कपडालाई विस्थापित गर्दै स्वदेशमै उत्पादन भएका कपडा प्रयोग गरेर अगाडि बढ्न जरुरी छ ।’ लुम्बिनी प्रदेशमा मात्र होइन, देशका कुना–कुनामा यहाँ उत्पादन भएका कपडाको बजार विस्तार गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए ।