मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 06 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भुटानविरुद्ध पूर्णिमा र मीनालाई अग्रपंक्तिको जिम्मेवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१६:oo

एएफसी यू–२० महिला एसिया कप छनोट २०२५ को पहिलो खेलमा केही समयपछि नेपाल र भुटान खेल्दै छन्। भुटानको थिम्पुस्थित चाङ्लिमिथान रंगशालामा हुने खेलको लागि प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो एघार सार्वजनिक गरेका छन्।

उनले यसअघि साफ यू–२० च्याम्पियनसिप खेलेका खेलाडीलाई अवसर दिएका छन्। साफमा नेपाल उपविजेता भएको थियो। निर्णायक खेलमा बंगलादेशसँग पराजित भएपछि नेपाल लगातार उपाधि जित्नबाट वञ्चित भएको थियो।

नेपालको कप्तानमा बिर्सना चौधरी यथावत छिन्। अग्रपंक्तिमा पूर्णिमा राई र मीना देउवा रहँदा मिडफिल्डमा कप्तान विर्सनालाई सुक्रिया मिया, सुशीला केसी र सेनु परियारले साथ दिनेछन्।

रक्षापंक्तिमा गंगा रोकायासँगै सिमरन राई, माया मास्के र अनिशा राई छन्। यता गोलपोस्टको जिम्मेवारी लीला जोशीले पाएकी छिन्।

समूह ‘ए’मा नेपाल र भुटानसँगै साउदी अरेबिया र तीनपटक विश्वकप जितिसकेको उत्तर कोरिया छन्। समूहको शीर्ष टोलीले सिधै थाइल्यान्डको टिकट काट्नेछ। यस प्रतियोगितामा छनोट भएका राष्ट्रले अर्को वर्ष थाइल्यान्डमा हुने फाइनल चरणको प्रतियोगिता खेल्नेछन्।

बुधबार नै भएको खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५–० ले हराएको छ।