
नेपालमा पहिलोपटक एसियन पावरलिफ्टिङ च्याम्पियनसिप हुने भएको छ। नेपाली युथ फिटनेस एन्ड केलिस्थेनिक्सको आयोजनामा प्रतियोगिता हुन लागेको हो।
साउन ३० देखि भदौ १ गतेसम्म नेपाल पुलिस क्लबको सभाहलमा हुने प्रतियोगितामा नेपाल, भारत, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तान र उज्वेकिस्तानका १२० भन्दा बढी खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा समान आठ महिला तथा पुरुष तौल समूह तथा समान ६ उमेर समूहका स्पर्धा समावेश गरिएको छ। प्रतियोगितामा प्रत्येक समूहका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई मेडलसहित पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा नेपालबाट ४९ खेलाडीको सहभागिता रहनेछ। जसमा १७ महिला छन्।