
उदयपुरको चौदण्डीगढी नगरपालिका– ६, सुगारेमा झुक्किएर डिजेल सेवन गर्दा ९३ वर्षीय वृद्धको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार मंगलबार अन्तनारायण श्रेष्ठले अन्जानमै आफ्नै घरमा बोतलमा राखेको डिजेल सेवन गर्दा घाइते भएका थिए।
उनले भने, ‘त्यसपछि नगर अस्पताल चौदण्डीगढीमा सामान्य उपचारपश्चात् थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारको क्रममा आज बुधबार मृत्यु भएको हो।’ घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।