मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 05 August, 2025
Invalid date format २o:३९:oo
Read Time : < 1 मिनेट
समाचार

नलकटुवा पेस्तोलसहित तीनजना भारतीय नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३९:oo

सिराहाको नरहा गाउँपालिका–३, खोरियास्थित चोहर्वा-सिराहा सडक खण्डमा पर्ने हिमालय सुगर मिलनजिकबाट प्रहरीले चेकजाँचको क्रममा नलकटुवा पेस्तोलसहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार भारतको बिहार राज्य, मधुबनी जिल्ला बेलही पञ्चायत पूर्वीटोल–३, छारापटी कमलाका २० वर्षीय ओमशंकर यादव, ऋषिनाथ र आकाशकुमार मण्डललाई मंगलबार अपराह्न पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीको नेतृत्वमा खटिएको टोलीले शंका लागेर बिआर३२एडब्लु १८१२ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा लुकाएको नलकटुवा पेस्तोल बरामद भएको हो। एउटै मोटरसाइकलमा रहेका तीनजनालाई त्यसपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ गरिएका तीनजनालाई मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरूलाई बुधबार सिराहा जिल्ला अदालत उपस्थित गराई हाततियार तथा खरखजानासम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद लिइनेछ।