
गृह मन्त्रालयलको शान्तिसुरक्षा महाशाखामा सहसचिव आनन्द काफ्लेलाई जिम्मेवारी तोकिएको छ। सो महाशाखा दुई सातादेखि रिक्त थियो।
नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखामा कार्यरत काफ्लेलाई शान्तिसुरक्षा महाशाखामा सारिएको हो। त्यस्तै, विपत् हेर्ने महाशाखामा सहसचिव गोविन्द रिजाललाई जिम्मेवारी दिइएको थियो। रिजाल मन्त्रालयमै जिम्मेवारीविहीन थिए।
मन्त्रालयका अर्का सहसचिव विष्णुप्रसाद कोइरालालाई गुल्मीको सिडिओमा खटाइएको थियो। गुल्मीमा सिडिओ पद रिक्त थियो। कोइरालालाई दुई साताअघि मात्र अध्यागमन प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो।