मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 05 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १२:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १२:१o:oo

प्रधानमन्त्री केपी ओलीले कक्षा १२ मा उत्तीर्ण सबै विद्यार्थीलाई बधाई ज्ञापन गरेका छन् । उनले सोमबार साँझ सामाजिक सञ्जालमार्फत कक्षा १२ उत्तीर्ण भएका सबैलाई बधाई ज्ञापन गरेका हुन् ।

‘भू–परिवेष्टित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन म तुर्कमेनिस्थानमा छु । नेपालमा कक्षा १२ को रिजल्ट आयो भन्ने थाहा पाएँ । बधाई नानीबाबुहरू ।’ प्रधानमन्त्री ओलीले लेखेका छन् । उनले विद्यार्थीहरूको मिहिनेत सफल भएको भन्दै अब स्वदेशमा पढ्ने र केही गर्ने नयाँ यात्राको सुरुवात गर्न आग्रह सबैलाई गरे।

‘तपाईँहरूको मिहिनेत सफल भयो, अब नेपालमै पढ्ने र केही गर्ने नयाँ यात्राको सुरुवात गरौँ । फेरि पनि बधाई सबैलाई,’ प्रधानमन्त्री ओलीले लेखेका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को प्रकाशित नतिजाअनुसार नियमिततर्फ ६१.१७ र आंशिकतर्फ ३६.४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।