
एनआइसी एसिया क्यापिटलले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । क्यापिटलको आइतबार बसेको सञ्चालक समितिको १६०औँ बैठकले करसहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश प्रयोजनार्थ क्यापिटलले १८ भदौमा नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा क्यापिटलको, रजिस्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान नौ बजेबाट सुरु हुने बताइएको छ ।
सोही साधारणसभाले गत आवका सेयरधनीलाई दिन प्रस्ताव गरिएको ५० प्रतिशत नगद लाभांशका साथै सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ । छोटो समयमै लोकप्रिय बन्न सफल क्यापिटलले सातौँ वार्षिक साधारणसभासम्म आउँदा २४० प्रतिशत र गत आवको ५० प्रतिशतसहित कुल २९० प्रतिशत नगद लाभांश वितरण गर्न सफल हुनेछ ।