मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १९ सोमबार
  • Monday, 04 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १९ सोमबार o९:५४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १९ सोमबार o९:५४:oo

मच्छिन्द्र फुटबल क्लब एन्फा यू–१६ युथ लिगको दोस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको रोमाञ्चक खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–२ ले पराजित गर्दै दोस्रो स्थान रक्षा गरेको हो । जितसँगै मच्छिन्द्रले १० खेलबाट २३ अंक बटुलेको छ । पराजित हिमालयन समान खेलमा १४ अंकसहित आठौँ स्थानमा छ । 

मच्छिन्द्रलाई जित दिलाउन करण धामी, साइप्रस डंगोल र गोविन्द विकले समान एक गोल गरेका थिए । हिमालयनका जिनिल सुब्बा र युगेन खत्रीले समान एक गोल गरे । अर्को खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबलाई ७–० ले हरायो । जावलाखेलको जितमा पुजन सुनारले दुई गोल गरेका थिए । यसैगरी, जावलाखेलका समीर लोप्चन, प्रिन्स भुजेल, विकाश शाही, सुमित बाइवा र विविधाराज राईले समान एक गोल गरे । जितपछि जावलाखेलको १० खेलमा १३ अंक भएको छ । 

समान खेलबाट अंकविहीन सातदोबाटो तालिकाको पुछारमा छ । अर्को खेलमा श्री भगवती क्लबमाथि संकटाले २–० को जित निकाल्यो । संकटाको जितमा पेम्बा तामाङ र प्रज्वलकुमार लुर्मीले गोल गरेका थिए ।