मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १९ सोमबार
  • Monday, 04 August, 2025
नयाँ पत्रिका विराटनगर
२o८२ श्रावण १९ सोमबार o६:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अविरल वर्षापछिको बाढीले ताप्लेजुङमा बेलिब्रिज बगायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८२ श्रावण १९ सोमबार o६:५९:oo

 केही दिनदेखिको अविरल वर्षाले कोशी प्रदेशका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षापछि विभिन्न ठाउँमा पहिरो र बाढीले सडक अवरुद्ध बनाएका छन् । ताप्लेजुङमा बेलिब्रिज नै बगाएको छ ।

कोशी प्रदेश प्रहरी विराटनगरका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका– ५ लुदिनटारस्थित मुवाखोलामा आएको बाढीले फिदिम–फालोट सडकमा ह्युमपाइप बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पाँचथरकै मिक्लाजुङ गाउँपालिका– ३ को थामथुम आरुबोटे–रवि सडकखण्डमा पहिरोले बाटो पूर्ण रूपमा अवरुद्ध छ । 

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६, रानीपुलमा रहेको ओलाङचुङगोला सदरमुकाम जाने सडकअन्तर्गत तमोर नदीमा रहेको बेलिब्रिज बगाएको छ । वैकल्पिक मार्ग नभएकाले यात्रु तथा मालसामान ढुवानीमा गम्भीर समस्या भएको छ ।