मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:३६:oo
Read Time : < 1 मिनेट
समाचार

मंगलबार रातिसम्म देशभर मनसुन सक्रिय हुने, झापाको अनारमनीमा १५१.६ मिमि वर्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:३६:oo

मनसुनी न्यूनचापीय रेखा नेपालनजिक सर्दा देशभर वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी मंगलबार रातिसम्म मनसुन सक्रिय रहने भएकाले बाढीपहिरोको जोखिम पनि रहेको जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार लामो समय सरदरमा बसेको मनसुनी रेखा हाल उत्तरतर्फ (नेपालको सीमानजिक) बसेको छ। हावाको चाप कम हुँदा जलवाष्पयुक्त हावा आएर कभर गर्छ र पानीका कणयुक्त त्यो हावाले वर्षा गराउँछ। ‘अहिले पूर्वदेखि पश्चिमसम्म मनसुनी रेखा नेपालनजिक छ, त्यही भएर देशभर वर्षा भइरहेको हो। तीन दिनसम्म मनसुन सक्रिय हुने देखिन्छ,’ उनले भनिन्। तराई–मधेशमा पनि वर्षा भइरहेको छ। लामो खडेरीका कारण खोलानाला सुक्नुका साथै खेतमा चिरा परेकाले अहिलेको पानीले भरण गरिरहेको छ। 

२४ घन्टा आइतबार रातिसम्म (अप्रशोधित तथ्यांक) मा सबैभन्दा धेरै वर्षा झापाको अनारमनी बिर्ताबजारमा १५१.६ मिलिमिटर भएको छ। त्यस्तै, झापाकै चन्द्रगढीमा १२६.२ र  दमकमा १२१.२, उदयपुरको गाईघाटमा १३४, सप्तरीमा ९२, सिराहामा ८५.५, रौतहटको गौरमा ६५.६ मिलिमिटर वर्षा मापन भएको छ।

यस्तै, बाँकेको भगवानपुरमा १०८.२, बर्दियाको बुढीआममा ९५.६,लमजुङको खुदी बजारमा ९४.२, डडेल्धुरामा ९३.८ बागलुङमा ९३ मिलिमिटर वर्षा भएको छ । अन्य क्षेत्रभन्दा पूर्वी नेपालको पहाडी जिल्ला तथा कर्णाली र सुदूरपश्चिममा भने कम वर्षा रेकर्ड भएको छ । सोमबार देशका धेरै ठाउँमा वर्षा हुने आकलन महाशाखाले गरेको छ। 

आइतबारबाट बागमती, गण्डकी र लुम्बिनीकेन्द्रित वर्षा भइरहेको छ। सोमबार पनि यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमसविद् महर्जनले बताइन्। ‘देशभर वर्षा भइरहेको छ। तर, धेरै वर्षा भने मध्य र पश्चिम नेपालमा भइरहेको छ,’ उनले भनिन्।