मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १८ आइतबार
  • Sunday, 03 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १८ आइतबार १o:४३:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १८ आइतबार १o:४३:oo

सन् १९१४ : पहिलो विश्वयुद्धअन्तर्गत जर्मनीले फ्रान्सविरुद्ध युद्ध घोषणा गर्‍यो । विश्वयुद्ध सुरुभएको पाँच दिनपछि जर्मनीले फ्रान्सविरुद्ध युद्ध घोषणा गरेको हो ।

सन् १४९२ : क्रिस्टोफर कोलम्बसले स्पेनबाट उनको ऐतिहासिक पहिलो समुद्र यात्रा सुरु गरे । यस यात्राले युरोपेलीलाई अमेरिकी महादेश जाने समुद्री बाटो पत्ता लगाउन सघाएको थियो ।

सन् १८८२ : देशमा चिनियाँ आप्रवासीको संख्या बढेको भन्दै अमेरिकी संसद्ले एक आप्रवासी विधेयक पास गर्दै दश वर्ष चिनियाँ नागरिकको आवागमनलाई प्रतिबन्ध लगायो ।

सन् १९११ : इटलीले त्रिपोली क्षेत्रमा टर्किस फौजको निगरानीमा हवाईजहाज उडाएर विश्वमा पहिलोपटक हवाईजहाजलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्‍यो ।

सन् १९४५ : दोस्रो विश्वयुद्धका क्रममा अमेरिकी जनरल जोसेफ स्टिलवेलको नेतृत्वमा चिनियाँ फौजले म्यानमारको सहर मिटकिइनालाई जापानी नियन्त्रणबाट खोस्न सफल भयो । त्यसवेलाको चिनियाँ राष्ट्रवादी सरकार र अमेरिका एउटै मोर्चामा जापानविरुद्ध लडिरहेका थिए ।

सन् १९५८ : विश्वको पहिलो आणविक इन्धनबाट चल्ने पनडुब्बी ‘युएसएस नोटिलस’ले उत्तरी ध्रुवमुनिको समुद्र पार गर्‍यो ।

सन् १९६७ : तत्कालीन अमेरिकी राष्ट्रपति लिन्डन बी जोन्सनले भियतनाममा जारी अमेरिकी सैन्य अभियानलाई थप तीव्र बनाउन ४५ हजार थप फौज पठाउने घोषणा गरे ।

सन् १९९० : इराकले कुवेतमा आक्रमण गरेको सन्दर्भमा अमेरिकाले आफ्नो नौसेनालाई पर्सियन खाडीमा तैनाथ गर्‍यो ।