मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
Invalid date format १९:२८:oo
Read Time : < 1 मिनेट
समाचार

औरहीको कमलपुरबाट सय किलोभन्दा बढी गाँजासहित नौजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२८:oo

सिराहाको औरही गाउँपालिका–४, कमलपुर गाउँबाट प्रहरीले एक क्विन्टल (एक सय केजी)भन्दा बढी गाँजासहित नौजनालाई पक्राउ गरेको छ। शनिबार बिहान करिब ४ बजेतिर प्रहरीले छापा मारी गाँजा व्यापारी र खरिदकर्ता दुईजना भारतीय नागरिकसहित नौजनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार पक्राउ पर्नेमा पाँचजना भरिया, एकजना रेक्की गर्ने व्यक्ति, गाँजा व्यापारी तथा खरिद गर्न आएका दुईजना भारतीय नागरिक छन्। 

भरियाको रूपमा गाँजा बोकेर सीमावर्ती गाउँसम्म पुर्‍याउने काममा संलग्न गोलबजार नगरपालिका–१, मुक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा र १७ वर्षीय पशुपति सदा रहेको उनले बताए। उनका अनुसार रेक्की गर्ने व्यक्ति औरही गाउँपालिका–३ का ४२ वर्षीय राजेन्द्र यादव र व्यापारी गोलबजार नगरपालिका–१ मुक्सारकै ३२ वर्षीय जीवछ साहलाई पक्राउ गरिएको हो। 

प्रहरीले गाँजा खरिद गर्न आएका भारतीय नागरिक मधुवनी जिल्ला कुमरखद ग्राम पञ्चायत–१४ का ३० वर्षीय धर्मेशकुमार कामती र ३९ वर्षीय वैद्यनाथ चौधरीलाई समेत पक्राउ गरेको जनाएको छ। चौधरीको साथबाट ४५ हजार नेपाली रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाँजा पाँचवटा बोरामा हालेर आँपको बगैँचामा लुकाई राखिएको थियो। प्रहरीले छापा मार्ने क्रममा गाँजा ओसार्दै गरेका भरिया फेला परेपछि उनीहरूलाई केरकार गर्ने क्रममा बाँकी व्यक्ति गाँजासहित पक्राउ परेका हुन् । पक्राउ परेकाहरु विरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।