
सानिमा बैंकले ई–कम भिसा कार्ड प्रयोगकर्ताहरूका लागि अनलाइनमार्फत कार्डमा टपअप गर्न मिल्ने सुविधाको सुरुवात गरेको छ।
ई–कम भिसा कार्ड प्रयोगकर्ताहरूले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा युएसडी ई–कम भिसा कार्डमा टपअप गर्न सक्नेछन्। ग्राहकहरूले सानिमा सजिलो ई–बैंकिङ एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेसअन्तर्गतको कार्ड सर्भिसबाट (ई–कम अनलाइन पेमेन्ट)मा आफ्नो विवरणहरू राखेर टपअप गर्न सक्नेछन्।
ग्राहकहरूले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध क्याप्चा राखेर टपअपको प्रक्रिया अगाडि बढाउन सक्नेछन्। साथै, उक्त प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको ओटिपी राखेपश्चात् कार्डमा तुरुन्तै टपअप हुनेछ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२७ वटा एटिएमहरू सञ्चालनमा रहेका छन्।