
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ८ बाट पेस्तोल र नियन्त्रित लागुऔषधसहित दुईजना पक्राउ परेका छन्।
चाइनिज पेस्तोल एक थान, म्याग्जिन दुई थान, गोली १२ राउन्ड, जरायोको सिङ एक थान तथा नियन्त्रित लागुऔषध ट्रामाडोल ८६० ट्याब्लेट र नाइट्राजेपाम चार सय ट्याब्लेटसहित प्रहरीले दुईजनालाई बिहीबार राति पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले विधानको घर तलासी गर्दा उक्त हातहतियार र लागूऔषध फेला पारी दुवैजनालाई पक्राउ गरेको हो।