मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
Invalid date format १९:o४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट

उत्कृष्ट टोल विकास संस्था पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o४:oo

मैवाखोला गाउँपालिका ताप्लेजुङले वडा नम्बर २ ढुंगेसाँघुस्थित लाली रमिते ठोट्ने टोल विकास संस्थालाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत गरेको छ । उक्त संस्थालाई आर्थिक वर्ष ०८१-८२ मा सबैभन्दा उत्कृष्ट टोल विकास संस्था घोषणा गर्दै पालिकाले ५० हजार नगदसहित पुरस्कृत गरेको हो । 

गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमले गत आवमा भएको कार्यसम्पादनका आधारमा लाली रमिते ठोट्ने टोल विकास संस्थालाई उत्कृष्ट छनोट गरेको बताए ।

संस्थाको क्रियाशीलता, विनियोजित आयोजनाको कार्यान्वयन, गुणस्तरीय काम, सामूहिक नेतृत्व प्रणाली, स्थानीय सरकारले दिएको निर्देशनहरू कार्यान्वयनलगायतमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै संस्थालाई उत्कृष्ट टोल विकास संस्था छनोट गरी पुरस्कृत गरिएको अध्यक्ष बनेमले जानकारी दिए । गाउँपालिकाका ६ वडाका २९ टोल विकास संस्थामध्येबाट उक्त संस्थाले पुरस्कार पाएको हो। 

स्थानीय सरकारले सञ्चालन गरेका क्रियाकलापलाई संस्थागत र प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्यले गाउँपालिकाले टोल विकास संस्था गठन तथा परिचालनसम्बन्धी ऐन, ०७९ निर्माण गरी कार्यान्वयनमा ल्याएको अध्यक्ष वनेमलेब बताए । उत्कृष्ट छनोट भएको उक्त टोल विकास संस्थालाई बिहीबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष बनेमले पुरस्कार रकम वितरण गरेको पालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए।