मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक : नीति निर्माणको अनुभव आदानप्रदान, लगानी प्रवर्द्धनबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:oo:oo

नेपाल–बेलायत संसदीय मैत्री समूहले नीति निर्माण अनुभव आदानप्रदान र लगानी प्रवर्द्धनबारे छलफल गरेको छ।

बिहीबार बसेको समूहको बैठकले वेस्टमिन्स्टर फाउन्डेसन फर डेमोक्रेसी (डब्लुएफडी) र नेपाल–बेलायत चेम्बर अफ कमर्सका पदाधिकारीसँग छलफल गर्दै विधि निर्माणमा अनुभव आदानप्रदान र दुई देशका विविध क्षेत्रमा लगानी प्रवर्द्धनका लागि संसदीय कूटनीति प्रयोग गर्ने निष्कर्ष निकालेको हो।

संयोजक विराजभक्त श्रेष्ठका अनुसार वेस्टमिन्स्टर फाउन्डेसनसँग नेपाल र बेलायतको संसदीय अभ्यास, नीति निर्माणको प्रक्रियाबारे अनुभव आदानप्रदानमा सहकार्य गर्ने समझदारी बनेको छ।

यसैगरी, नेपाल–बेलायत चेम्बर अफ कमर्ससँग दुई देशबिच सम्भावनाका क्षेत्र, लगानी प्रवर्द्धनबारे सहकार्य र मैत्री समूहले संसदीय कूटनीति प्रयोग गर्ने समझदारी बनेको संयोजक श्रेष्ठले बताए। दुवै संस्थासँग सहकार्यको खाका बनाएर अगाडि बढ्ने उनको भनाइ छ।

मैत्री समूहले नेपाल–बेलायत सम्बन्धको संसदीय आयाम, विविध सम्बन्धबारे परराष्ट्र मन्त्रालयसँग छलफल गर्ने निर्णय पनि गरेको छ। बैठकमा वेस्टमिन्स्टर फाउन्डेसनका निर्देशक दिनेश वाग्लेले नेपालमा हालसम्म गरेको काम, साझेदारीका मोडेल तथा भविष्यका योजनाबारे प्रस्तुति दिएका थिए।

साथै, नेपाल–बेलायत चेम्बर अफ कमर्सका प्रमुख राजेन्द्र खेतानले बैठकमा नेपालको लगानी सम्भाव्यता, बेलायती लगानीकर्ताहरूका लागि आकर्षक क्षेत्रहरू, दुवै देशबिचको आर्थिक साझेदारीमा रहेका अवसर र चुनौतीबारे धारणा राखेका थिए।

समूहले नेपाल–बेलायत सम्बन्धलाई अझ सुदृढ बनाउने र संसदीय कूटनीति तथा आर्थिक सहकार्यलाई बढाउँदै लैजान केन्द्रित हुने जनाएको छ। बैठकमा कांग्रेस सांसद विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित अन्य संस्थासँग समन्वय गरेर विधि निर्माण, आर्थिक सहयोग, समृद्विका लागि सहकार्य बढाउनुपर्ने बताए।

एमाले सांसद सुहाङ नेम्वाङले दुई देशबिच आर्थिक सहकार्य बढाउन समूहले भूमिका खेल्नुपर्ने बताए।