मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
२o८२ असार ३२ बुधबार १६:१७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

चौदण्डीगढीमा ३ साउनमा ‘कोरा साइक्लिङ च्यालेन्ज’ हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार १६:१७:oo

उदयपुरको चौदण्डीगढीमा कोरा साइक्लिङ च्यालेन्ज २०२५ हुने भएको छ। चौदण्डीगढी साइकल सिटीको आयोजनामा जुलाई १९ अर्थात् साउन ३ गते पालिकास्तरमा उक्त प्रतियोगिता हुन लागेको हो।

चौदण्डीगढी– ६ बेल्टार बजारको पुष्पलाल चोकबाट साइकल यात्रा सुरु हुने साइकल सिटीका अध्यक्ष अनिल पौडेलले बताए। उनले भने, ‘त्यसपछि बेल्टार–धप्पड–माडिबास–गँगटे हुँदै बेलका नगरपालिकाको सुपाडे, पुनः चौदण्डीगढी नगरपालिको शनिबारे, फेरि बेलका नगरपालिकाको आम्बासी, मधेश प्रदेशको सप्तरीको सप्तकोशी नगरपालिकाको फत्तेपुर हुँदै पुनः चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर, सिवाई, अँजगरा, हडिया, ज्यामिरे भएर बेल्टार बजारको बसपार्कसम्मको ५०.५ किलोमिटरको दूरी कायम गरिएको छ।’

सचिव सुमन थापाले पालिकामा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने तथा साइकलयात्रीहरूबाट स्वेच्छिक रूपमा आर्थिक संकलन गरी सामाजिक कार्यमा समेत सहयोग गर्ने लक्ष्य लिइएको बताए। साइक्लिङलाई खेलको रूपमा विकास गर्ने, साइक्लिङ संस्कृतिको प्रवर्द्धन गर्ने, स्वस्थ जीवनशैली र वातावरण संरक्षणको सन्देश दिन कोरा च्यालेन्ज २०२५ आयोजना गरिएको थापाको भनाइ छ। 

साइक्लिङले स्वस्थ जीवनशैली अपनाउन, युवायुवतीलाई लागुऔषधको कुलतबाट टाढा राख्न र समाजप्रति जिम्मेवार बनाउन भूमिका खेल्ने अपेक्षा लिइएको थापाले बताए। उदयपुरमा यसअघि राइड टु कोशी टप्पु, राइड टु चौदण्डीजस्ता साइक्लिङ च्यालेन्ज प्रतियोगिता सफल रूपमा सम्पन्न भएका छन्।