मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:५३:oo
Read Time : < 1 मिनेट
समाचार

भोजपुरमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:५३:oo

भारतीय सहयोगमा भोजपुरस्थित अरुण गाउँपालिकामा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास भएको छ। मंगलबार अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर अविनाशकुमार सिंहले संयुक्त रूपमा भवन शिलान्यास गरेका हुन्। शिलान्यास कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी र समाजसेवीहरू उपस्थित थिए। 

 ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको आर्थिक सहयोग तीन करोड १८ लाख ८० हजार रुपैयाँ परियोजना लागतमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको निर्माण हुन लागेको हो। 

भारतीय सहयोग कक्षा कोठा, शिक्षक कक्ष, बैठक कक्ष, कार्यक्रम हल, छात्रा एवं छात्रका लागि छुट्टाछुट्टै शौचालय र अन्य सहयोगी संरचनासहितको तीनतले भवनको निर्माणमा उपयोग गरिने दूतावासले जनाएको छ। यसलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको छ। अरुण गाउँपालिका, भोजपुरमार्फत भवन निर्माण गरिनेछ।