मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका दार्चुला
Invalid date format १५:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तुइन चुँडिँदा महाकालीमा खसेर एकजना बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
नयाँ पत्रिका
Invalid date format १५:३३:oo

तुइन चुँडिँदा महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन्। दार्चुलाको व्याँस गाउँपालिका– २, दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन्।

दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जाने क्रममा तुइन चुँडिँदा बुढाथोकी नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।

नारायणसँगै स्थानीय २६ वर्षीय जितु विष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत महाकाली नदी पार गर्न लागेका थिए। नारायणभन्दा अघि जितुले तुइनमार्फत महाकाली नदी सकुशल पार गरेका थिए। त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बिचभागमा पुगेपछि तुइन चुँडिँदा नारायण बेपत्ता भएका प्रहरीले जनाएको छ।

बेपत्ता भएका नारायणको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक रावतले जानकारी दिए। रासस