मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँकेको राप्ती सोनारी क्षेत्रमा पुल निर्माण गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४४:oo

बाँके जिल्लाको दुर्गम क्षेत्रमा रहेका राप्ती सोनारी क्षेत्रमा तत्काल पुल निर्माण गर्न सांसद डा. चन्द्रकान्त भण्डारीले माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले बाँकेको राप्ती सोनारी, डडुवा र नरैनापुर गाउँपालिका क्षेत्रका स्थानीयवासी डुंगा तरेर नदी पार गर्दा दुर्घटनामा पर्ने गरेकाले समस्या समाधान गर्न माग गरे ।

त्यस क्षेत्रका स्थानीयवासीको मुख्य पेसा कृषि भएको, तर धान रोप्न जान नदी पार गर्न समस्या हुने गरेको, केही वर्षअघि डुंगा तर्दा सयजनाको निधन भएकाले पुल बनाउन सरकारलाई रुलिङ गरिदिन सांसद भण्डारीले सभामुखसँग माग गरे ।

सांसद चन्द्रबहादुर विश्वकर्माले रुकुम जिल्लाको चौरजहारी नगरपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेपछि अनाथ बनेका बालबालिकालाई प्रधानमन्त्रीको पहलमा राजधानी ल्याएर पठनपाठनको व्यवस्था गरिएको बताए। जातीय छुवाछुतको अन्त्यका लागि कानुन बने पनि त्यसको कार्यान्वयन हुन नसकेकाले यथाशीघ्र त्यसमा सुधार गरिनुपर्नेमा जोड दिए । 


सांसद रामप्रकाश चौधरीले अन्नको भण्डार मधेश प्रदेशमा अहिले पानी नपरेर समस्या भएकाले सरकारको नीति तथा कार्यक्रम एवं बजेटले समेटेर लैजान माग गरे ।