मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १४:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेश प्रदेशद्वारा वन क्षेत्र सुधार अभियान आरम्भ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५४:oo

मधेश प्रदेश सरकारले वन क्षेत्र सुधारको अभियान सुरु गरेको छ । वन निर्देशनालयको आयोजनामा वार्षिक तथा चौथो त्रैमासिक प्रगति समीक्षा गोष्ठी कार्यक्रममा मन्त्रालयले विभिन्न जिल्लामा सञ्चालन भएका योजनाको वार्षिक प्रगति प्रतिवेदन र समीक्षा प्रस्तुत गरिएको थियो ।

गोष्ठीमा मधेश प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले पारदर्शी, जवाफदेही र जनमैत्री वन प्रशासन निर्माण गर्न सबै सरोकारवालाको साझा पहल आवश्यक रहेको बताए । उनले अब सबै जिल्लामा वनसँग सम्बन्धित राजस्व उठाउन सबैले प्रयास गर्न आवश्यक रहेकाे बताए । 

मन्त्री यादवले भने, ‘जस्तोसुकै अवस्थामा पनि राज्यको समृद्धिका लागि वन संरक्षण र राजस्व वृद्धि अत्यावश्यक छ।’ ‘सेटिङ’ शब्दलाई वन प्रणालीबाट जरैदेखि हटाउनु जरुरी रहेको उनकाे भनाइ थियो ।

सो अवसरमा मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेलले वन कर्मचारीको काँधमा ठुलो जिम्मेवारी रहेकोे उल्लेख गर्दै वन क्षेत्रलाई कसरी राम्रो गर्ने भन्नेतर्फ लाग्न सबैमा आग्रह गरे । वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले वन अतिक्रमण क्षेत्रको व्यवस्थापनका लागि विशेष ध्यान दिन जरुरी रहेकोे बताए । 

वन निर्देशनालयका निर्देशक जगरनाथ जैसवालले आर्थिक वर्ष ०८१/८२ मा ७८ लाख ५७ हजार ९५१ बिरुवा उत्पादन, ३८४.८३ हेक्टरमा वृक्षरोपण, १७५ हेक्टरमा रहेको अतिक्रमण हटाउन सफल र राजस्व संकलन रु. १२ करोड ८९ लाख ९९ हजार रहेको उनले जानकारी दिए।