
सांसद दीपक गिरीले रास्वपा र राप्रपाका सांसदहरूलाई संसदमा नौटंकी बन्द गर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद गिरीले सदन बोल्न चाहिन्छ भने बहिष्कार किन गरेको भनी प्रश्न गरेका छन् ।
आफ्नो कुरा राख्ने अनि संसद् अवरुद्ध गर्न पाइन्छ ? भन्दै प्रश्न गरे । उनले सभामुखले पहिलो, दोस्रो र तेस्रो पार्टीका सांसदलाई बोल्न नदिएर रास्वपा र राप्रपाका सांसदलाई मात्र बोल्न दिएको आरोप लगाए । उनले ठुला पार्टीका सांसदलाई बोल्न दिनका लागि पनि सभामुखसँग आग्रह गरे ।
उनले जसले गणतन्त्र मान्दिनँ भन्छ उसैको संसदमा चर्काे स्वर भन्दै आन्दोलन नै गर्न परे संसद्बाहिर गर्न सुझाए । लोकतन्त्र र गणतन्त्रको बर्खिलापमा उत्रिनेहरूलाई संसद् अवरुद्ध गर्ने अधिकार नभएको उनकाे भनाइ छ ।।