मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
रासस चितवन
Invalid date format १४:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२८ जातका केराको परीक्षण गरिँदै

Read Time : < 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
Invalid date format १४:१३:oo

पूर्वी चितवनको रत्ननगरमा २८ जातका केराको जातीय परीक्षण थालिएको छ। रत्ननगर नगरपालिका– १३ स्थित भन्तना केरा अनुसन्धान केन्द्रमा परीक्षण थालिएको हो। 

केन्द्रका सञ्चालक समृद्ध भन्तनाले १२ बिघा क्षेत्रफलमा केरा लगाएर जातीय परीक्षण तथा विभिन्न परिकारको परीक्षण सुरु गरेका हुन्। व्यावसायिक रूपमा जी– ९ केरा लगाए पनि उनले जातीय परीक्षणका लागि विभिन्न जातका मालभोग, चिनीचम्पा, हाइब्रिड, जोगी केरा, मुंग्रे, धुस्रे, मालुंगे, झप्री, मिर्कोटे, घिउकुमारीलगायत स्थानीय, स्वदेशी तथा विदेशी जातका केराको परीक्षण सुरु गरेको जानकारी दिए।

‘यहाँ लगाइएका केराको आनुवंशिक विविधता अध्ययन भइरहेको छ,’ उनले भने। यहाँका स्थानीय जातका केरामा पानामा रोगसँग लड्ने  क्षमता, सिवाटोवा, वन्चिटपजस्ता रोगसँग लड्ने क्षमताको अध्ययन गरिएको छ। विगत तीन वर्षदेखि केराको जातीय परीक्षण गर्दै आएका भन्तना हाल नतिजा कस्तो हुन्छ भन्नेमा ध्यान केन्द्रित गरिएको बताउँछन्। उनी केन्द्रमा आलुको चिप्स, सुकुटी, आलुको लिटो, पेयपदार्थ (वाइन)लगायत उत्पादनको तयारीमा छन्। वाइन र लिटोका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले सहयोग गरेको छ। रैथाने बालीबाट के–कस्ता वस्तु उत्पादन गरेर विश्व बजारमा पुर्‍याउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिएको उनले बताए।

कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट जैविक प्रविधि विषयमा स्नातकोत्तर गरेका भन्तना केराखेती गरेर विभिन्न किसिमका उत्पादन गर्न सकिने बताउँछन्। राज्यले कृषि क्षेत्रमा गरेको लगानीबाट प्रतिफल लिन सके युवापुस्ता विदेश पलायन हुनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ।