मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १o:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साँगुरीगढी गाउँपालिकाका पाँच घरपरिवारलाई जग्गा धनीपुर्जा वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५४:oo

धनकुटाको साँगुरीगढी गाउँपालिकाका पाँच घरपरिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ। भूमिहीन सुकुम्बासी पाँच परिवारलाई पुर्जा वितरण गरिएको हो।
भूमि समस्या समाधान आयोग जिल्ला समिति धनकुटा र साँगुरीगढी गाउँपालिकाले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरी भूमिहीन सुकुम्बासी परिवारलाई पुर्जा वितरण गरेको हो ।

पूर्वमन्त्री तथा धनकुटाका संघीय सांसद राजेन्द्रकुमार राई, कोशी प्रदेश सभा सदस्य निरन  राई, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, भूमि समस्या समाधान आयोग जिल्ला समिति धनकुटाका अध्यक्ष देवमान राईलगायतले संयुक्त रूपमा जग्गाधनी लालपुर्जा वितरण गरेका थिए। 

जग्गाधनी लालपुर्जा पाउनेमा साँगुरीगढी गाउँपालिका– ३, खुवाफोक कुसेटारका सुनेत्र माझी, आइतमाया माझी, कञ्चन माझी रहेका छन् । त्यस्तै वडा नं. ९ का दुर्गावहादुर राई र ७ नं. वडाका विष्णुकुमार राई रहेको भूमि समस्या समाधान आयोग धनकुटाका सदस्य विजयसन्तोषी राईले बताए । उनीहरू वर्षाैँदेखि जग्गा उपभोग गरेर बसे पनि पुर्जा नहुँदा भूमिहीन थिए । पुर्जा प्राप्त गर्दा उनीहरू खुसी भएका छन् ।