मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 10 July, 2025
दीपक भट्ट रामेछाप
Invalid date format २२:o८:oo
Read Time : < 1 मिनेट
समाचार

मन्थलीको आयुर्वेद कार्यालय सर्‍यो 

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format २२:o८:oo

मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको कार्यालय सरेको छ । मन्थलीको बसपार्ककै छेउमा रहेको कार्यालयले मन्थली अस्पतालको पुरानो भवनमा सरेको हो । 

अस्पतालका सबै सामग्री सारेपछि बुधबार उक्त अस्पतालबाट सेवा आरम्भ बामगती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले गरेका हुन्। सेवा आरम्भको क्रममा मन्त्री थापाले आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई अस्पतालको रूपमा विस्तार गर्न आफू लागि परेको जानकारी दिए । उनले अब पुरानो आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई सुदृढ गरी थप सेवा विस्तारको लागि सुविधासम्पन्न अस्पतालको खाँचो रहेकाले त्यहीअनुसार आवश्यक रणनीति बनाएर काम अघि बढाएको बताए। 

उक्त कार्यालयको पर्र्याप्त जग्गा नहुँदा पुरानो दुईतले भवनवाट सेवा प्रदान गर्दै आएको थियो। पुरानो संरचना भएकाले उक्त भवन स्वास्थ्य उपकरण राखेर बिरामीको उपचार गराउन ठाउँको अभाव हुँदै आएको थियो । अस्पतालमा चाहिने आवश्यक उपकरण र दक्ष जनशक्तिको समेत अभाव हुँदै आएको छ । सिडियो क्वार्टरभन्दा केहीमाथि रहेको मन्थली अस्पतालको भवन खाली रहेको र त्यहीँ भवनबाट आयुर्वेद चिकित्सालयको सेवा सञ्चालनमा ल्याइएको हो । 

केही वर्षअघि मन्थली अस्पताल त्यहाँबाट सरेर मन्थली भुत्याहा खोलानजिकै आफ्नै नयाँ सुविधासम्पन्न भवनमा सरेको थियो ।