मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 10 July, 2025
Invalid date format २१:४१:oo
Read Time : < 1 मिनेट
समाचार

कास्कीका विभिन्न सडकमा ‘टाइम कार्ड’ लागू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:४१:oo

वर्षापछि हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै कास्कीका विभिन्न सडकमा सवारी सञ्चालन गर्न आगामी १५ दिनका लागि समय तोकिए (टाइम कार्ड) लागू भएको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा जिल्ला समन्वय समिति प्रमुख, स्थानीय तहका प्रमुख तथा पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू, यातायात व्यवसायीहरूलगायतका अन्य सरोकारवाला निकाय-संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थितिमा सोमबार बसेको बैठकले बुधबारदेखि लागू हुने गरी समय तोकेको हो।

मनसुन सक्रिय रहेकाले वर्षातको समयमा सुरक्षा संयमता अपनाउन र बाढीपहिरोको कारणबाट यात्रु तथा सवारीसाधनहरूमा हुन सक्ने सम्भावित जोखिम र क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन बुधबारदेखि लागू हुने गरी १५ दिनका लागि समय तोकिएको प्रजिअ शर्माले जानकारी दिइन्।

जसअनुसार बिरेठाँटीदेखि घान्द्रुक, बिरेठाँटीदेखि उल्लेरी र लुम्लेदेखि लान्द्रुक जाने सवारीसाधनहरू साँझ १७ः०० बजेभित्र प्रस्थान विन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्नेछ। घान्द्रुकदेखि बिरेठाँटी, उल्लेरीदेखि बिरेठाँटी र लान्द्रुकदेखि लुम्ले जाने सवारीसाधनहरू बिहान ५ः०० बजेपछि मात्र प्रस्थान विन्दुबाट गन्तव्यस्थलको लागि छुट्न पाउने भएका छन्।
यसैगरी, काँहुखोलादेखि तान्तिङ जाने सवारीसाधनहरू साँझ १६ः३० बजेभित्र प्रस्थान विन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्नेछ। तान्तिङदेखि काँहुखोला जाने सवारीसाधनहरू बिहान ५ः०० बजेपछि मात्र प्रस्थान विन्दुबाट गन्तव्यस्थलको लागि छुट्न पाउने भएका छन्। 

प्रशासनले निर्धारण गरेको स्थान र समयमा अत्यावश्यकबाहेकका सार्वजनिक-निजी यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न/ गराउन सम्बन्धित सबैमा जानकारी दिइएको सहायक प्रजिअ शिव लम्सालले बताए।