मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 10 July, 2025
Invalid date format २१:३३:oo
Read Time : < 1 मिनेट
समाचार

कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई पार्टीबाट निष्कासित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:३३:oo

कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले जिल्ला सभापति राईलाई एक वर्षसम्मका लागि पार्टी सदस्यता नै नरहने गरी निष्कासन गरेको हो । 

०७९ को निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप पुष्टि भएपछि जिल्ला सभापति राईलाई कारबाही गरिएको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सभापति राईले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई निर्वाचनमा असहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी परेको थियो ।

कांग्रेसले खोटाङ प्रतिनिधिसभा निर्वाचनमा माओवादीका रामकुमार राई ‘पासाङ’लाई समर्थन गरेको थियो भने, प्रदेश सभाको निर्वाचनमा १ (क)मा नेकपा एसका वीरबलकाजी राई र प्रदेश सभा २ (ख)मा कांग्रेसकै भूपेन्द्र राईलाई उम्मेदवार बनाएको थियो । सभापति राईले गठबन्धनका उम्मेदवारहरूलाई हराउन भूमिका खेलेको आरोप थियो । 

प्रतिनिधिसभामा पासाङ र प्रदेशसभा २ (ख)मा भूपेन्द्र निर्वाचित हुँदा अर्का प्रदेश सभा सदस्यका उम्मेदवार वीरबलकाजीलाई हराउँदै एमालेका पाँचकर्ण राई ‘पिके’ विजयी भएका थिए । प्रदेश सभा १ (क)बाट विजयी पिके अहिले कोशी प्रदेश सरकारको सामाजिक विकासमन्त्री छन्। 

प्रदेश सभा १ (क)मा सभापति राईले कांग्रेसका धर्मराज पोखरेललाई बागी उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रिएका थिए। पार्टी निर्णयविपरित लागेका राईलाई १७ असारमा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेको हो।