
जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन सुरु भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपतलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
आज प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनामा जिल्लाको सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको हो। वर्षातको मौसम भएकाले कुनै पनि समयमा ठुलो पानी पर्ने भएकाले सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरिएको छ।
यस्तो अवस्थामा अतिआवश्यक नपरी हिँडडुल नगर्न, रातको समयमा जोखिम क्षेत्रका मूल सडक, सहायक सडक मार्गमा सवारीसाधन चलाउँदा सावधानी अपनाउन पनि प्रशासनले आग्रह गरेको छ।