मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘सोलफुल युएसए यात्रा’मा महेश र अस्मिता, अमेरिकाका २०भन्दा बढी सहरमा प्रस्तुति दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५८:oo

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेको ‘सोलफुल युएसए यात्रा’ घोषणा भएको छ। उक्त सांगीतिक टुर सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म संयुक्त राज्य अमेरिकाका २० भन्दा बढी विभिन्न सहरहरूमा आयोजना हुनेछ।

‘ओनेस्ट रियल इस्टेट’द्वारा प्रस्तुत र ‘थ्री ई इन्टरटेन्मेन्ट’द्वारा व्यवस्थापन गरिएको यो यात्रा कोलम्बस, ओहायो, मियामी, फ्लोरिडा, ब्रानफोर्ड, कनेक्टिकट, एसबर्न, भर्जिनिया, ल्यान्कास्टर, पेन्सिलभेनियालगायत २० भन्दा बढी अमेरिकी सहरहरूसम्म पुग्नेछ। महेश र अस्मिताको अमेरिकाको विभिन्न सहरहरूमा राम्रो डिमान्ड भएकाले पनि यो सांगीतिक यात्राको आयोजना गरिएको  थ्री ई इन्टरटेन्मेन्टका नेपाल प्रतिनिधि अन्जान बुढाथोकीले बताए।

महेश र अस्मिताले पनि आफूहरू यो सांगीतिक टुरको लागि निकै नै उत्साहित रहेको बताए। अमेरिकामा रहेका नेपाली समुदायहरूमाझ नजिक पुगेर गीत सुनाउने मौका रहेको भन्दै खुसी व्यक्त गरे। महेश र अस्मिताको ‘लजावती झार’, ‘नाच फिरिरी’ र ‘लाइटरले बिडी सल्केको’जस्ता गीतहरू हिट छन्।

थ्री ईले यसअघि आनी छोइङ डोल्मा, अभया एन्ड द स्टिम इन्जिन्स, कालीप्रसाद बाँस्कोटा, इन्दिरा जोशी, प्रमोद खरेल र अञ्जु पन्तजस्ता चर्चित नेपाली कलाकारहरूको अमेरिका टुर गराइसकेको छ। साथै, १९७४ एडीको लाइभ कन्सर्टसहित थुप्रै अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरू पनि आयोजना गरेको छ।

थ्री ईले सन् २०२२ देखि भर्जिनियामा ‘डिटिफेस्ट– दसैँतिहार फेस्ट’ नामक बृहत् सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्तै, सन् २०१२, २०१३ र २०१७ मा ‘ग्लोबल नेपाल फेस्ट’ आयोजना गरेर नेपाली संस्कृति, पर्यटन र व्यापारलाई अमेरिकामा चिनाउने ऐतिहासिक पहल गरेको थियो।