मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 10 July, 2025
Invalid date format १७:२७:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मुख्यमन्त्री लामा बेलायत प्रस्थान, कृषिमन्त्री श्रेष्ठ कार्यवाहक मुख्यमन्त्री तोकिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२७:oo

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा निजी भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन्। उनी पारिवारिक कार्यमा सहभागी हुन आज प्रमुख स्वकीय सचिव छत्रबहादुर लामासहित बेलायत गएका हुन्।

मुख्यमन्त्री लामा बेलायतमा रहने क्रममा छोरीको दीक्षान्त समारोहमा सहभागी हुनेछन्। त्यस्तै, धादिङ–नुवाकोट समाज र तामाङ समुदायद्वारा आयोजित विभिन्न औपचारिक कार्यक्रमहरूमा समेत सहभागी हुने कार्यक्रम रहेको बताइएको छ।

मुख्यमन्त्री लामाको विदेश भ्रमण अवधिका लागि बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्री तोकिएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले असार २५ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन्।

यसबिचमा प्रदेश सरकारका सबै कार्य, निर्णय र प्रतिनिधित्व श्रेष्ठले गर्नेछन्। मुख्यमन्त्री लामा एक साता बेलायतमा रहने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।