मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 10 July, 2025
रासस काठमाडौं
Invalid date format १६:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विशेष अदालतले पायो आइएसओ प्रमाणपत्र

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४९:oo

विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड संगठन (आइएसओ)को प्रमाणपत्र प्राप्त गरेको छ। न्यायिक प्रणाली जवाफदेहिता, दिगोपना र प्रशासनिक सुधारमा चुस्त देखिएको भनी उक्त प्रमाणपत्र दिइएको हो।

अदालतका अध्यक्ष टेकनारायण कुँवरले विशेष अदालतमा आज आयोजित कार्यक्रममा उक्त प्रमाणपत्र (एनएसःआइएसओ ९००१ः२०१५) सार्वजनिक गरे। न्यायिक तथा प्रशासनिक प्रक्रियामा उच्चतम इमानदारिता, जवाफदेहिता र सार्वजनिक विश्वास कायम राख्न प्रयत्न गरिरहेकाले आइएसओको प्रमाणपत्र प्राप्त गर्न सफल भएको उनको भनाइ थियो।

‘विशेष अदालत आइएसओको प्रमाणपत्र पाउने पहिलो अदालत बनेको छ। यो पहलले अदालतको दैनिक कामकाज र प्रक्रियाको दस्ताबेजीकरण समावेश गर्नुपर्ने, हरेक वर्ष लेखापरीक्षण (अडिट) गर्नुपर्ने र प्रत्येक तीन वर्षमा पुनः प्रमाणित गर्नुपर्ने हुन्छ,’ उनले भने।

अध्यक्ष कुँवरले अदालतको अभिलेख प्रणालीलाई आधुनिकीकरणको मार्गमा अगाडि बढाएर कागजविहीन बनाउने, ‘डिजिटल रेकर्डिङ’ प्रणाली र भर्चुअल सुनुवाइमार्फत न्यायमा सहज पहुँचमा ध्यान दिइरहेको बताए।