Skip This
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ असार १४ शनिबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार १४ शनिबार १२:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार १२:५६:oo

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा जापानको टोकियोस्थित एभरेस्ट इन्टरनेसनल विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ। उक्त परीक्षामा त्यस विद्यालयबाट सहभागी २९ विद्यार्थीमध्ये ६ जनाले ४ जिपिए र बाँकीले ३.८ जिपिएभन्दा माथिको नतिजा ल्याएकाे विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टले जानकारी दिए।

विद्यालयबाट सो परीक्षामा ११ जना छात्र र १८ जना छात्रा सहभागी भएका थिए। विद्यार्थीहरूको मेहनत, शिक्षकको मार्गदर्शन र अभिभावकको सहकार्यले गर्दा विदेशमा रहेर पनि विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको उनको भनाइ छ।

मुलुकबाहिरको एक मात्र नेपाली पाठ्यक्रमअनुसार अध्ययन हुने उक्त विद्यालयबाट पाँचौँ समूहले एसइई परीक्षा दिएको थियो। उक्त विद्यालयमा नेपाल, भारत, बंगलादेश, जापान र जाम्बियाका ५०० बढी विद्यार्थी अध्ययनरत छन्। पाँच वर्षमा सो विद्यालयबाट ११३ जनाले एसइई उत्तीर्ण गरिसकेको पनि प्रधानाध्यापक भट्टले बताए।

जापानमा रहेका नेपाली समुदायको पहलमा सो विद्यालय सञ्चालनमा आएको हो। सन् २०१३ सालमा स्थापना भएको उक्त विद्यालयलाई जापानको शिक्षा मन्त्रालयले अन्तरराष्ट्रिय विद्यालयसरहको मान्यता दिएको छ। त्यस विद्यालयले विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ र १२ मा पनि अध्ययन गराइरहेको छ।

एभरेस्ट स्कुलले टोकियोकै आराकावा सहरमा नर्सरीदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने गरी नयाँ विद्यालयसमेत खोलेको प्रधानाध्यापक भट्टले जानकारी दिए।