१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025
२o८२ असार १० मंगलबार १९:४८:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट

ढकारी गाउँपालिकाको बजेट ४३ करोड दुई लाख

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १० मंगलबार १९:४८:oo

अछामको ढकारी गाउँपालिकाले आर्थिक वर्ष ०८२/८३ का लागि ४३ करोड दुई लाख दुई हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। 

मंगलबार सम्पन्न १५औँ गाउँसभामा उपाध्यक्ष नेत्रकलादेवी शाहीले चालूतर्फ ३४ करोड १२ लाख ७१ हजार ६ सय र पुँजीगततर्फ आठ करोड ३९ लाख ३० हजार चार सय गरी जम्मा ४३ करोड दुई लाख दुई हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्। 

आगामी बजेट चालू आर्थिक वर्षको भन्दा करिब दुई करोड २० लाख ६३ हजार सात सयले बढी हो। ढकारीले ०८२/८३ का लागि पालिकाका आठ वडाका लागि दुई करोड १२ लाख ४९ हजार विनियोजन गरेको छ। आर्थिक विकासका लागि ३३ लाख ३३ हजार बजेट छुट्याएको ढकारीले सामाजिक विकासका लागि पाँच करोड ३९ लाख दश हजार बजेट विनियोजन गरेको छ।

यस्तै, पूर्वाधार विकासतर्फ पाँच करोड पाँच लाख ७१ हजार विनियोजन गरिएको छ। १५औँ गाउँसभामार्फत कृषि विकास, पशु सेवा, स्वास्थ्य, उद्यम विकास, विपत व्यवस्थापन, सहकारी, शिक्षा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, पोषण, भूमि व्यवस्थापन र स्वरोजगार जस्ता विषयलाई मुख्य प्राथमिक्तामा राखिएको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदले बताए । उनका अनुसार यो वर्ष गाउँपालिकाले सुत्केरी महिलाका लागि महत्वकांक्षी कार्यक्रम सुरु गरेको छ । उनीहरूका लागि हातको हात सुत्केरी खर्च उपलब्ध गराइने छ । 

अध्यक्ष साउँदका अनुसार नियमित गर्भ जाँच गराएर सुत्केरी हुने महिलाको हक दुई हजार आठ सय र संस्थागत सुत्केरी मात्र भएकाको हकमा दुई हजार उपलब्ध गराइने छ । ढकारीले यसअघिदेखि नै गर्भवतीका लागि एक हजारका दरले भत्ता दिँदै आएको छ । स्वास्थ्यतर्फ नै गर्भवती महिलाकै लागि भिडियो एक्सरे सेवा पनि सुरु गर्न लागिएको सभामा अध्यक्ष साउँदले बताए । 

वडा तहमा विनियोजन गरिएको बजेटअन्तर्गत वडा नम्बर १ र २ मा १६÷१६ योजना, वडा नम्बर ३ मा २१, वडा नम्बर ४ मा १०, वडा नम्बर ५ मा १०, वडा नम्बर ६ मा १७, वडा नम्बर ७ मा १० र वडा नम्बर ८ मा तीनवटा योजना पारित गरिएको छ ।