१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
इन्द्रबहादुर थापा काभ्रेपलाञ्चोक
Invalid date format १९:२२:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट

रोशी गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने

Read Time : > 1 मिनेट
इन्द्रबहादुर थापा, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
Invalid date format १९:२२:oo

रोशी गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि एकल पुरुषलाई मासिक भत्ता दिने प्रस्ताव गरेको छ । गाउँसभाको १७औँ अधिवेशनको पहिलो बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमा ६० वर्ष उमेर नाघेका एकल पुरुषलाई भत्ता दिन प्रस्ताव गरिएको हो।

पहिलो बैठक मंगलबार सम्पन्न भएको छ। अधिवेशनमा आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ७२ करोड चार लाख ३७ हजार बजेट प्रस्ताव भएको छ। बैठकमा आर्थिक वर्ष ०८२/८३ को वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो। 

गाउँपालिका अध्यक्ष दिनेश लामाले वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष मिमबहादुर वाईबाले विनियोजन विधेयक र आर्थिक विधेयक प्रस्तुत गरेका थिए । 

सभाका उपाध्यक्ष वाईबाले प्रस्तुत गरेको बजेटमा आन्तरिक स्रोतबाट एक करोड २६ लाख, स्थानीय राजाश्व बाडफाँडबाट दुई करोड ५० लाख, संघीय राजश्व बाँडफाँडबाट नौ करोड ५० लाख ६० हजार, प्रदेश राजश्व बाँडफाँडबाट तीन करोड ९९ लाख ५६ हजार, संघीय सरकार समानीकरणबाट १० करोड २५ लाख, संघीय सर्शत अनुदानबाट ३२ करोड ५१ लाख, संघीय समपूरक अनुदानबाट ९९ लाख, संघीय बिशेष अनुदानबाट ८९ लाख, प्रदेश समानिकरण अनुदानबाट, एक करोड दुई लाख ५० हजार, प्रदेश सरकारको सशर्त अनुदानबाट दुई करोड ७० लाख २७ हजार, प्रदेश सरकारको समपुरक अनुदानबाट दुई करोड ८५ लाख र प्रदेश विशेष अनुदानबाट ६५ लाख प्रक्षेपण गरेर बजेट प्रस्ताव गरेका छन् । 

‘समृद्ध रोशी, जनता खुसी’ भन्ने नारालाई पुरा गर्नेगरी नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । 

सरकारी कार्यालयमा आयातित पेयपार्थलाई निरुत्साहित
गाउँपालिकाको नीति तथा कार्यक्रममा आगामी वर्षदेखि एकल पुरुषलाई भत्ता दिन समेत प्रस्ताव गरिएको छ । सामाजिक विकास नीति तथा कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका ६० वर्ष भन्दामाथिका एकल पुरुषलाई दोहोरो नपर्ने गरी सामाजिक संरक्षण कार्यक्रमा आवद्ध गरिने उल्लेख छ । यसअघि ६० वर्षमाथिका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरेका थिए । सो कार्यक्रमलाई आगामी बर्षमा पनि निरन्तरता दिने भएको छ । 

यसरी नै सुशासन तथा संस्थागत विकास अन्तर्गत गाउँपालिका मतहतका सरकारी कार्यालयहरूमा आयातित पेयपदार्थ निरुत्साहित गरेर स्थानीय रैथाने पेयपदार्थलाई प्रोत्साहन गरेको छ । कोल्डड्रिंसलगायत आयातित पेयपदार्थलाई निरुत्साहित गरी रोशीको नागरिकको आर्थिक उपार्जन समेत हुनेगरी स्थानीय पेयपदार्थ दुध, दही, महीलगायतलाई प्रोत्साहन गरिने उल्लेख छ । 

नीति तथा कार्यक्रममा पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासका लागि विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए । 

गाउँसभामा उपाध्यक्ष वाईबाले आर्थिक बर्ष ०८२/०८३ बजेट प्रस्तुत गर्नुका साथै, विनियोजन विधेयक ०८२ र आर्थिक विधेयक ०८२, स्थानीय उद्योग दर्ता, सञ्चालन, व्यवस्थापन र नियमनसक्बन्धी विधेयक र जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण तथा उपयोगसम्बन्धी विधेयक र न्यायिक समितिको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 

लेखा समिति संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष धनजीत लामाले बेरुजु फर्छाैटको लागि प्रस्ताव गरेका थिए । 

गाउँसभाको १७औँ अधिवेशनको दोस्रो बैठक आगामी आगामी आइतबार बस्नेछ ।