१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025
२o८२ असार १० मंगलबार o८:१o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नौ महिनापछि ओमानका क्रिकेटरले पाए पुरस्कार रकम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १० मंगलबार o८:१o:oo
  • सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले आयोजना गरेको टी–२० विश्वकपमा सहभागी ओमानका क्रिकेटरले अर्को महिनामा दुई लाख २५ हजार अमेरिकन डलर पुरस्कार रकम पाउने

गत वर्ष आइसिसी टी–२० विश्वकप खेलेका ओमानका क्रिकेटरले नौ महिनापछि पुरस्कार रकम पाउने भएका छन् । ओमान क्रिकेट बोर्डले अमेरिका र वेस्ट इन्डिजले गत वर्ष संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा सहभागी खेलाडीहरूलाई पुरस्कार रकम दिने भएको हो । नौ महिनासम्म खेलाडीहरूको दबाबपछि बोर्डले घोषित रकम दिन राजी भएको एजेन्सीले जनाएको छ । राष्ट्रिय टोलीका मुख्य खेलाडीले पूर्वघोषित रकम नपाउँदासम्म अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने घोषणा गर्दै दबाब दिँदै आएका छन् । 

खेलाडीहरूको दबाबपूर्ण आन्दोलनपछि बोर्डले उनीहरूको रकम दिने सोमबार जनाएको छ । बोर्डले प्रतिखेलाडीलाई जनही दुई लाख २५ हजार अमेरिकन डलर दिने भएको छ । खेलाडीलाई मात्र नभएर बोर्डले सपोर्ट स्टाफलाई वितरण गरिने जनाएको छ । अर्को महिना विशेष कार्यक्रममा खेलाडी र सपोर्ट स्टाफले रकम पाउनेछन् । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र क्रिकेट बोर्डबिचको सममतिअनुसार प्रतियोगिता समाप्त भएको २१ दिनभित्र खेलाडीहरूलाई आइसिसीबाट प्राप्त रकम दिनुपर्छ । ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा आइसिसीले प्रत्येक खेल र चरणमा रकम दिने गर्छ, तर हामीले नौ महिनादेखि रकम पाउन सकेनौँ,’ ओमानका खेलाडीले भने, ‘हामी सबैले बोर्डमाथि दबाब सिर्जना गर्‍यौँ त्यसपछि रकम दिने घोषणा भएको हो ।’ 

आन्दोलन गर्दा ११ खेलाडी निलम्बित
आइसिसीले भने विश्वकपलगत्तै ओमान क्रिकेट बोर्डलाई रकम पठाएको थियो । तर, बोर्डले भने प्रक्रियागत ढिलाइ हुँदा खेलाडीले पुरस्कार रकम पाउन नसकेको जनाएको छ । खेलाडीले प्रतियोगितापछि नै रकम नपाएको विषय उठाउँदै आएका थिए । सन् २०२४ अक्टोबरमा इमर्जिङ टिम्स एसिया कपको दौरान खेलाडीले सामूहिक रूपमा दबाब सिर्जना गर्ने निर्णय गरेका थिए । त्यसवेला विरोध गरेका ११ खेलाडीको केन्द्रीय सम्झौता निलम्बन गरेको थियो ।

बोर्डले खेलाडीलाई निलम्बन मात्र गरेन, अधिकांशलाई ओमान छाड्न बाध्य बनाइयो । खाडी मुलुकमा रोजगारीमा आधारित आवासीय अनुमति रहने भएकाले रोजगारी गुमेपछि उनीहरूले ओमान छाडेका थिए । ओमानका ओपनर कश्यप प्रजापति एजेन्सीसँगको अन्तर्वार्तामा भनेका छन्, ‘हामीले विश्वकप खेलेर देशको प्रतिनिधित्व गर्‍यौँ, तर हाम्रो करिअर नै सकिएको छ । हामीलाई देशै छाड्न बाध्य बनाइयो ।’ 

उनी अहिले अमेरिकामा छन् । पूर्वकप्तान जिसन मकसुद र आकिब इलियाससँगै आयान खान, बिलाल खान, सोएब खान, कश्यप प्रजापति, फैयाज बट कालिमुल्लाहलगायतका खेलाडीहरू टोलीबाट निकालिएका थिए । सन् २०२४ को टी–२० विश्वकपमा १३ देखि २०औँ स्थानमा पर्ने टोलीलाई आइसिसीले दुई लाख २५ हजार डलर पुरस्कार दिने घोषणा गरेको थियो ।