१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
Invalid date format १७:५३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सिबिरिगोको म्युजिकल फिल्म ‘बतासजस्तै’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५३:oo

नेपालको कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएर देशका ७० जिल्लामा पाइला राखिसकेका मिसन सिबिरिगोले कास्कीको कोरिमा छायांकन गरिएको नयाँ म्युजिकल फिल्म ‘बतासजस्तै’ सार्वजनिक गरेका छन्।

सिक्लेस गाउँ र कोरिका रमणीय दृश्यहरू समेटिएको भिडियोमा अहिलेको पुस्ताले आफ्ना घर–परिवार र माटो छोडेर परदेसिनुपरिरहेको अवस्थालाई प्रस्तुत गर्न खोजिएको छ।

भिडियोमा कलाकार जुना गुरुङ र बाल कलाकार नियति गुरुङको अभिनय छ भने संवाद, अभिनय तथा अवधारणा स्वयं सिबिरिगोको रहेको छ। गीतमा गायिका सुनीता थेगिमको स्वर, मविन्द्र राईका शब्द तथा संगीत र अनिल के मानन्धरको निर्देशन रहेको छ।

भिडियो ‘ब्याकप्याकर फिल्म नेपाल’ युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।