१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
२o८२ असार ९ सोमबार १३:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करेन्ट लागेर मुगुमा १० वटा खच्चर मरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार १३:३७:oo

करेन्ट लागेर मुगुको छायानाथ रारा नगरपालिका– ११, कुसा टाउमा १० वटा खच्चर मरेका छन्। आइतबार बेलुका करिब ६ बजेको समयमा विद्युतको ट्रान्समिटरबाट करेन्ट प्रवाह हुँदा बाटोमा हिँडिरहेका खच्चर मरेका हुन्।  नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रले वितरण गरेको विद्युत् सेवा व्यवस्थित र सुरक्षित नबनाउँदा यहाँका  स्थानीयले सास्ती भोग्नुपरेको छ ।

छायानाथ रारा नगरपालिका १० र ११ मा वितरित विद्युतका पोल, तार र ट्रान्समिटर सुरक्षित, व्यवस्थित र विद्युत् खपतअनुसार क्षमताको नहुँदा  स्थानीयले सास्ती भोग्नुपरेको हो । कम क्षमताको ट्रान्समिटर राख्दा र विद्युतको अर्थिङ सुरक्षित नबनाउँदा करेन्ट लागेर १० वटा खच्चर मरेका छन् ।

जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिकातिर जाँदै गरेका खच्चड छायानाथ रारा नगरपालिका– ११ कुसा टाउका भन्ने स्थानमा पुग्दा करेन्ट लागेर १० खच्चर मरेका हुन् । ‘पानी परिरहेको थियो, कुसा टाउका भन्ने स्थानको सडकछेउमा रहेको विद्युतको ट्रान्समिटरबाट विद्युत् जमिनमा बगेको रहेछ, हामीलाई थाहै भएन, एक्कासि १० खच्चड करेन्ट लागेर मरे, मलाई पनि करेन्ट लागेको थियो, चप्पल लगाएको हुँदा सामान्य झड्का मात्र लाग्यो म बचेँ, म बचे पनि बर्बाद भयाे, कमाइ खाने खच्चड मरे, अब कसरी खाने  ? अरू किनौँ एउटै खच्चडको एक लाख ५० हजारभन्दा बढी पर्छ,’ खच्चडधनी छायानाथ रारा नगरपालिका- १ का स्थानीय कन्नबहादुर मल्लले फोनबाट पीडा सुनाए।