
सोमबारको प्रतिनिधिसभा बैठकमा एकतिहाइ सांसद पनि सहभागी छैनन् । जेठ १३ गतेदेखि रास्वपाले अवरुद्ध गर्दै आएको बैठक असार ९ गतेसम्म आइपुग्दा पनि अवरोध कायमै राखेको छ । रास्वपाले वेल घेराउ गरिरहेको छ भने राप्रपाका सांसद बैठक छोडेर बाहिरिएका छन् । बैठकमा सांसदले भरिभराउ हुनुपर्ने कुर्सी सोमबार अधिकांश रित्ता थिए । सत्तापक्षीय सबै सांसद पनि बैठकमा सहभागी छैनन् । आखिर कहाँ गए ? नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :