१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:५१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिसी यू–१६ इस्ट जोन कप : नेपाल ६ विकेटले विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:५१:oo

कप्तान विपिनप्रसाद शर्मा बलिङ र प्रसिद्ध जैसी ब्याटिङमा चम्किएपछि साबिक विजेता नेपालले एसिसी यू–१६ इस्ट जोन कपमा उत्कृष्ट जित निकालेको छ । मलेसियाको वाइएसडी युकेएम ओभलमा आइतबार प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ६ विकेटको जित निकालेको हो । नेपालको जितमा नायक बनेका कप्तान विपिनले १० ओभरमा ३४ रन खर्चेर चार विकेट लिए । सचिन भट्टले ६.१ ओभरमा दुई मेडन राखी १८ रन दिँदै तीन विकेट हात पार्न सफल भए । लक्ष्य पछ्याएको इनिङ्समा नेपालका लागि प्रसिद्धले ९७ बलमा ५५ रनको योगदान दिए । 

टस जितेर ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रनको मध्यम योगफल बनाएको थियो । प्रत्युत्तरमा नेपालले ३३.३ ओभरमा चार विकेट गुमाउँदै जित निकाल्यो । अब नेपालले आफ्नो दोस्रो खेलमा मंगलबार जापानको सामना गर्नेछ ।  

 प्रसिद्धको अर्धशतक
लक्ष्य पछ्याएको इनिङ्समा नेपालले सुस्त ब्याटिङ गरेको थियो । शिवांश बजगाईं र प्रसिद्धले पहिलो विकेटका लागि ८.१ ओभरमा ४१ रनको साझेदारी गरे । शिवांशले ९ रन मात्र बनाए । प्रसिद्धले रौनक श्रीवास्तवसँग दोस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै नेपाललाई २२.४ ओभरमा १०४–२ को बलियो स्थितिमा राखे । नेपालले थप ८ रन जोड्दा दुई विकेट गुमायो । जोय थापा र रोशन शाहीको विकेट गुमाउँदा नेपाल २६.५ ओभरमा ११२–४ को स्थितिमा रह्यो । प्रसिद्धले शुभम खनालसँग पाँचौँ विकेटका लागि नटआउट ३५ रनको साझेदारी गर्दै जित दिलाए । 

शुभमले २० बलमा ९ रन जोडे । प्रसिद्धले ९७ बल सामना गरी पाँच चौकाको सहयोगमा ५५ रन बनाए । मध्यक्रमका रौनकले ४४ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ४० रन बनाए । नेपालको ब्याटिङमा एक मात्र छक्का प्रहार उनले गरेका थिए ।  सिंगापुरका आकाश तेजाले १० ओभरमा ३६ रन खर्चेर तीन विकेट लिए । नेपालका रौनक श्रीवास्तवले ४० रन बनाए । प्रसिद्ध र रौतनबिच तेस्रो विकेटका लागि ८८ बलमा ६३ रनको साझेदारी भएको थियो । प्रसिद्ध र शिवांश बजगाईंले ३० रनको साझेदारी गरेका हुन् । 

 नेपालको कसिलो बलिङ
पहिलो ब्याटिङ गरेको सिंगापुरले पहिलो विकेटका लागि ठोस साझेदारी पाएको थियो । इनिङ्सको १० ओभरसम्म नेपाली बलरले विकेट लिन सकेका थिएनन् । ११औँ ओभरमा नेपालले ‘ब्रेक थ्रु’ पायो । नेपाललाई पहिलो सफलता कतान विपिनले दिलाए । उनले ओपनर आहान भुथनन्दामलाई आउट गरे । आहानले ३३ बलमा सात चौकाको सहयोगमा ३८ रनको योगदान दिए । आहान आउट भएपछि सिंगापुरले ब्याटिङमा लय समाप्त सकेन । 

नेपाली युवा बलरले पहिलो विकेटपछि सिंगापुरमाथि दबाब कायम राखे । सिंगापुरले बाँकी नौ विकेट केवल ८९ रनभित्र गुमायो । इनिङ्सको एक समय ४९÷१ को बलियो अवस्थामा रहेको सिंगापुर १३८÷१० को अवस्थामा समेटियो ।