१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
एजेन्सी अल्जियर्स
Invalid date format २१:५९:oo
Read Time : < 1 मिनेट
विश्व

अल्जेरियामा फुटबल समर्थकबिच भागदौड, तीनजनाको मृत्यु, ८१ घाइते

Read Time : < 1 मिनेट
एजेन्सी, अल्जियर्स
नयाँ पत्रिका
Invalid date format २१:५९:oo

अल्जेरियाको राजधानी अल्जियर्समा मोलुदिया क्लब द अल्जेर (एमसिए) का समर्थकहरूबिच भएको भागदौडमा तीनजनाको ज्यान गएको छ भने ८१ जना घाइते भएका छन्।

शनिबार भएको खेलका क्रममा रंगशालाको माथिल्लो भागबाट समर्थकहरू खसेपछि सुरुमा एकजनाको मृत्यु र ११ जना घाइते भएको जानकारी दिइएको थियो। तर, आइतबार स्वास्थ्य मन्त्रालयले मृतकको संख्या तीन पुगेको र राजधानीका विभिन्न अस्पतालमा ८१ जना घाइतेको उपचार भइरहेको जनाएको छ।

मोलुदिया क्लब द अल्जेरले लगातार दोस्रोपटक राष्ट्रिय उपाधि जितेको खुसियालीमा समर्थकहरूले ठुलो संख्यामा उपस्थिति जनाएका थिए। तर, ला गाजेत दु फेनेक नामक खेलसम्बन्धी एक समाचार स्रोतका अनुसार, सुरक्षाका लागि राखिएको बार भाँचिँदा धेरै समर्थकहरू तल खस्दा घटना घटेको हो।

खेल ५ जुलाइ रंगशाला मा भएको थियो, जहाँ एम.सी.ए. र एन.सी. माग्राबिचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको थियो। यो दुःखद घटनापछि राष्ट्रिय फुटबल लिगले उपाधि वितरण कार्यक्रम रद्द गरेको छ।