१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
Invalid date format १६:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभापति देउवाद्वारा नेता शास्त्रीको निधनप्रति दुःख व्यक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३३:oo

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालेले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गरेका छन् । शास्त्रीको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा ९० वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

शास्त्री नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, सरल र निष्ठावान राजनीतिज्ञ, समाजवादी चिन्तक रहेको पार्टी कार्यालयले जनाएको छ । कांग्रेसले संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरूमा उनले पुर्‍याएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने उल्लेख गरेको छ ।

प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शास्त्रीको पार्थिव शरीरलाई यही असार ४ गते बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने कार्यक्रम छ ।

कांग्रेसको राजनीतिमा जननायक बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायतका शीर्ष नेताहरूसँग निकटमा रहेर उनले काम गरेका थिए ।

प्रजातन्त्र पुनर्स्थापनाको संघर्षका क्रममा भारतको बनारस र गोरखपुरमा उनले लामो समय प्रवासी जीवन बिताएका थिए । शास्त्री आमनिर्वाचन २०४८ र २०५१ मा अर्घाखाँची निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेपालमा प्रजातन्त्र स्थापना तथा पुनर्स्थापनाका क्रममा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

उनीद्वारा लिखित ‘मेरो जीवन र अनुभूति’ नामक पुस्तक प्रकाशित छ । नेपाल सरकारद्वारा स्थापित बिपी कोइराला राष्ट्रिय पुरस्कार २०७९ (राजनीतिक दर्शन क्षेत्र) पुरस्कारद्वारा उनी सम्मानित थिए । शास्त्री ‘सहिद स्मृति प्रतिष्ठान’का संरक्षक तथा संस्थापक अध्यक्ष थिए ।

उनको निधनबाट कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाइएको छ । रासस