
सामाजिक सञ्जालमा ‘अल बिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ फेला परेका छन्। श्रेष्ठ काठमाडौंको तारकेश्वर नगरपालिका– ३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा फेला परेका एसपी अपिलराज बोहराले जानकारी दिए।
जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौँडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको फेसबुकमा लेखेका थिए।
मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत रहँदा रामेछाप अस्पताल सुधार्न खोजे पनि राजनीतिक दबाब र धम्की आएको तथा रामेछाप– ८ का पूर्ववडाध्यक्ष केदार कार्कीले अनुचित दबाब र धम्की दिने गरेकोलगायतका आरोप लगाउँदै उनी सम्पर्कविहीन भएका थिए।