१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
Invalid date format १४:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटाका सार्वजनिक यातायातमा टाइम कार्ड सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:११:oo

कोशी पहाडमा पहिलोपटक सार्वजनिक यातायातमा टाइम कार्ड सुरु गरिएको छ। पछिल्लो समय सवारीसाधन बढेसँगै दुर्घटनासमेत बढेको भन्दै प्रहरीले आज आइतबारदेखि टाइम कार्ड लागु गरेको हो।

धनकुटा नगरपालिकासँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको समन्वयमा टाइम कार्ड सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी शरदकुमार थापा क्षेत्रीले बताए। 

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले एक कार्यक्रमबिच आज टाइम कार्डको सुरुवात गरेको घोषणा गरे। टाइम कार्ड कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष राईले टाइम कार्डले सवारी दुर्घटना न्यूनीकरणसँगै सडक अनुशासन कायम हुने विश्वास व्यक्त गरे। धनकुटाको साँगुरीगढी गाउँपालिका– ६, भेडेटारसहित मूलघाट, धनकुटा बजार, हिलेबजार, सिधुवा बजार, पाख्रीबास बजार तथा लेगुवा बजारलगायतका स्थानमा टाइम कार्ड लागू गरिएको धनकुटाका प्रमुख जिल्ला  अधिकारी टुवराज पोखरेलले बताए।

भेडेटारबाट सुरु भएको टाइम कार्ड मूलघाटसम्म १७ किलोमिटरलाई ४० मिनेट, मूलघाटबाट धनकुटा बजारसम्म १८ किलोमिटरलाई ४० मिनेट, धनकुटाबाट हिलेसम्म १३ किलोमिटरलाई ३० मिनेट, हिलेदेखि लेगुवासम्म २६ किलोमिटरलाई ५५ मिनेट र हिलेदेखि सिधुवाबजारसम्म १२ किलोमिटरलाई २५ मिनेटको समय तोकिएको छ। कोशी प्रदेशको पहाडी रुटमा टाइम कार्ड पहिलोपटक धनकुटामा लागू गरिएको हो।

कोशी लोकमार्गअन्तर्गत धरानबाट भेडेटार, धनकुटा, हिले हुँदै भोजपुर, संखुवासभा, तेह्रथुमलगायतका पहाडी जिल्लामा दैनिक हजारौँ साना तथा ठुला सवारीसाधनहरू आवतजावत गर्छन्। टाइम कार्ड लागू भएसँगै सवारी दुर्घटनामा न्यूनीकरण आउने विश्वास रहेको प्रजिअ पोखरेलले बताए।