१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १ आइतबार १३:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस सांसद बजगाईं बजेटको विरोध गर्दै संसद्को बाल्कोनीमा उभिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १ आइतबार १३:५८:oo

सत्तारूढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संसद्को बाल्कोनीमा पुगेर बजेटको विरोध गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद बजगाईं बजेटको विरोध गर्दै बाल्कोनीमा पुगेर उभिएका हुन् ।

बजगाईं भौतिक पूर्वाधार मन्त्रालयले आफ्नो जिल्लामा आवश्यक बजेट नदिएको भनेर विरोधस्वरूप दर्शक दीर्घामा गएर केहीबेर बसेका हुन् ।

उनी गोरखाका जिल्लावासीसमेत लिएर दर्शकदीर्घामा गएर बसेका हुन् । उनी संसद्को हाजिर गरेर दर्शकदीर्घामा गएका हुन् । केही बसेर उनी सांसद बस्ने सभाकक्षमा पुनः गएका छन् ।