१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 15 June, 2025
Invalid date format १८:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्गमको पहिचान धामी नाच

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:११:oo

अछाम जिल्लाको पुर्वी क्षेत्रमा पर्ने ढकारी, तुर्माखाँद र कमलबजारमा मस्टो, धामपितर, बण्डाली, बेताल, दुधिशिल्ला, साक्टी आदि देवता पुज्ने चलन छ । उत्सवका रुपमा धामीले आफ्नो नाँच प्रदर्शन गरेर देवता पुज्ने गरिएको हो ।

जेठ, साउन, मंसिर र पुसमा पूर्णिमाको दिन मस्टो देवताको पुजा गरिन्छ । यो दिन ढकारीको ढुंगाचाल्ना बजार माथिको सल्लाघारीमा रहेको मस्टो देवताको मन्दिरमा धामी जनक बहादुर कामी र नवराज कामी तथा दुधिशिल्लाका धामी नवलसिंह कामीले देउपुजा सँगै शक्ति प्रदर्शनका रुपमा धामी नाँच नाच्ने गर्दछन् ।

पूर्णिमाकै दिन ढकारीकै घोडासैन स्थित पल्सातामा धामपितर देवताका धामी नन्ना खड्का लगायतका धामीले पनि देवताको शक्ति प्रदर्शनका रुपमा नाच्दै आएका छन् । यो सँगै घोडासैन, घेगड र तोषीमा बण्डाली देवताको नाँच हेर्न पाइन्छ । जेठ र पुस प्रतिपदाका दिन माटे देवता र मंसिर र जेठ दशमीको दिन साक्टी देवताका धामीले पनि धामीनाँच नाच्ने प्रचलन छ ।

ढकारी–६ का वडा सदस्य कर्णबहादुर बुढाका अनुसार मस्टो देवताका धामीहरु पञ्चमीबाट पुजापाठ प्रारम्भ गरी चतुदर्शीमा ब्रत बसे पश्चात पूर्णिमाको दिन मन्दिर जाने गर्दछन् । धामपितर, बण्डाली, दुधिशिल्ला, बेताल र साक्टी देवतामा पनि पुजापाठ सँगै ब्रत बसेर पर्व मनाउन मन्दिर जाने प्रचलन छ ।

यी सबै देवताका मन्दिरमा बोका बलिदिने र धामीले भोग खाने गर्दछन् । तर आस्थाका रुपमा गरिने यी सबै पुजामा धामी नाँचलाई नै मुख्य आकर्षणका रुपमा लिने गरिन्छ । यो बेला देवताका धामीहरु मुजैमुजा परेको सेतो जामामा पगरी बाधेर पहेलो, रातो रंगको फेटाको पहिचरनका साथ पञ्चेवाजाको तालमा नाँच्ने गर्दछन् । जसलाई दुर्गमको पहिचानका रुपमा लिने गरिन्छ । यस्तो धामी नाँचहरु विकसित ठाउँमा मुस्किलले हेर्न पाइन्छ ।

यो बेला धामीको शरिरमा देवताको शक्ति चढेको विश्वास गरिन्छ । किबदन्ती अनुसार पहिला गाउँमा अस्पताल हुदैनथे डाक्टर हुदैनथे केही उपचार तथा भुतप्रेत भगाउन लगायत धेरै प्रयोजनमा धामिलाइ नै हेराउने चलन थियो । जस्लाइ देउपुजा पनि भन्ने गरिन्छ । त्यही बेला देखि तिथि परेको बेला देवता आफ्नो मन्दिरमा गएर नाच्ने चलन बसेको ईतिहास छ । अहिलेपनि मानिसले धामिलाई देउताकै रूपमा हेर्ने र सम्मान गर्ने प्रचलन छ ।