
यौनिक तथा लैंगिक अल्पसंख्यकले शनिबार काठमाडौंमा ‘नेपाल प्राइड परेड’ निकालेका छन्। शनिबार काठमाडौंको शान्ति बाटिकाबाट सुरु भएको गौरव र्याली नक्सालको नारायणचौरमा समापन गरिएको थियो।
क्वायर युथ ग्रुप र क्वायर राइट कलेक्टिभको आयोजनामा परेड भएको हो। यात्रामा सहभागीहरूले आफ्नो पहिचान गलत हैन भन्दै विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए।
अंग्रेजी पात्रोअनुसार जुन महिनालाई ‘प्राइड मन्थ’ अर्थात् ‘गौरवको महिना’ मानिन्छ र यो महिनामा लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले विभिन्न कार्यक्रम आयोजना गर्छन्। यसै महिना विश्वभर गौरव यात्रा अर्थात् प्राइड परेड आयोजना गरिन्छ।
सन् १९६९ जुन महिनामा न्युयोर्कको स्टोनवाल दंगापछि यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले गौरव यात्रा मनाउँदै आएका छन्।