१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 15 June, 2025
Invalid date format १६:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकीका सात स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o८:oo

गण्डकी प्रदेशका विभिन्न जिल्लाका सात स्वास्थ्य संस्थालाई एक-एकवटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ।

नेपाल-भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो। भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख प्रशान्तसिंह बगेलले एम्बुलेन्स हस्तान्तरण गरे। 

गोरखा जिल्ला अस्पताल, गोरखा नगरपालिका वडा नं ६, बेनी अस्पताल म्याग्दी, मनपाङ हेल्थपोस्ट म्याग्दी, आर्थरडाँडा खर्क हेल्थ पोस्ट पर्वत, सिटी अस्पताल स्याङ्जा र आँबुखैरेनी अस्पताल तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो। 

त्यस अवसरमा प्रमुख बगेलले नेपाल-भारतबिचको सम्बन्ध सांस्कृतिक, सामाजिक तथा पारिवारिक रूपमा वर्षौँदेखि रहँदै आएको उल्लेख गर्दै भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार र आपतकालीन अवस्थामा सहयोग गर्दै आएको बताए। नेपालको दुर्गम गाउँका बिरामीले छिटो छरितो स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरेको उनले बताए। 

बेनी जिल्ला अस्पताल म्याग्दीका अध्यक्ष दिलकुमारी खत्रीले खुसी व्यक्त गर्दै बेनी जिल्ला अस्पताल म्याग्दीमा उक्त एम्बुलेन्स नै पहिलो भएको बताए। 

‘विभिन्न संस्थासँग एम्बुलेन्स माग गरेका थियौ, तर प्राप्त भएको थिएन, भारतीय दूतावासले दिएको एम्बुलेन्सबाट बिरामीले लाभ लिनेछन्।