
राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा ठगी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसदमा अवराेध कायमै राख्ने भएकाे छ ।
गृहमन्त्री नै मुछिएकाे भिजिट भिसा प्रकरणमा सरकारले आफैँ छानबिन गर्ने कुरा अस्वाभाविक भएकाे ठहर गर्दै संसदीय वा न्यायिक छानबिन समिति गठन नभएसम्म अवराेध जारी राख्ने निर्णय भएकाे कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।