१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
Invalid date format १५:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेती प्रादेशिक अस्पतालमा निःसन्तान उपचार केन्द्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२९:oo

सेती प्रादेशिक अस्पतालमा निःसन्तान उपचार केन्द्र सञ्चालनमा आएको छ। संघीय र प्रदेश सरकारको सहयोगमा अस्पतालले निःसन्तान उपचार सेवा सुरु गरेको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले निःसन्तान उपचार केन्द्रको शुक्रबार उद्घाटन गरे।

सेतीमा स्थापना गरिएको निःसन्तान उपचार केन्द्र सुदूरपश्चिम प्रदेशमै पहिलो उपचार केन्द्र हो। उपचार केन्द्र नहुँदा निःसन्तान दम्पतीहरूले उपचारका लागि काठमाडौं तथा भारतका विभिन्न ठाउँमा जानुपर्ने अवस्था थियो। केन्द्र स्थापनासँगै यो बाध्यता अन्त्य भएको डा. पाण्डेयले बताए। उनले अब सहज र सुलभ रूपमा सेतीमै सेवा लिन सकिने बताए।

केन्द्रमा अहिले निःसन्तानपनसम्बन्धी समस्याको आधारभूत तहको आइयुआई उपचार सेवा सुरु गरिएको अस्पतालले जनाएको छ। सेती प्रादेशिक अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. खगेन्द्र भट्टले पुरुष र महिलाको सामान्य स्तरको प्रजननसम्बन्धी परीक्षण, परामर्श, पुरुषको वीर्य विश्लेषणलगायतका सेवाहरू उपलब्ध रहेको जानकारी दिए।

सेती प्रादेशिक अस्पताल सुदूरपश्चिम प्रदेशको एक मात्र ‘रेफरल’ अस्पताल हो। यो अस्पतालले पछिल्लो समय उपचार सेवाहरू विस्तार गर्दै लगेको छ।